प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा रुकुममा मतपेटिकामा एसिड हाल्न प्रयास गर्ने महिला नेकपा माओवादी केन्द्रकी निर्वाचित जनप्रतिनिधि भएको खुल्न आएको छ।
आठविसकोट नगरपालिका–३ को मतदान केन्द्र हिमालय मावि खदीको मतपेटिकामा आइतबार एसिड हाल्न खोज्ने महिला रुपा विक सोही वडाकी निर्वाचित वडा सदस्य रहेको खुल्न आएको हो ।
उनी स्थानीय निकायको चुनावमा दलित कोटाबाट वडा सदस्यमा विजयी भएकी थिइन् । 'मत पेटिकामा एसिड हाल्न खोज्ने महिला उम्मेद्वार रहेको भन्ने हल्ला छ, हामी यस विषयमा बुझिरहेका छौं,' डिएसपी राजेन्द्र धमलाले भने ।
मतदान गर्ने वहानामा बुथमा पुगेर उनले एसिड हाल्न लागेकी थिइन् । प्रहरीले उनलाई लगत्तै पक्राउ गरेको थियो।