प्रहरीले ८ केजी मनोद्धिपक लागू औषधसहित ३ जना सोमालियन नागरिकलाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको ठमेल १६ मा उनीहरूलाई पक्राउ गरेको हो। अफ्रिकन मुलुक इथियोपियाबाट नेपाल हुँदै नेदरल्याण्ड पठाउन लागिएको अवस्थामा प्रहरीले सो खात बरामद गरेको हो।
खात के हो?खात एक प्रकारको वनस्पती हो जसलाई विश्व स्वास्थ्य संगठनले ड्रग अफ एबिउजका रूपमा वर्गिकरण गरेको छ । यसको प्रयोगले साइकोलोजिकल डिपेन्डेन्स उत्पन्न गराउँदछ । खातमा क्याथिन भन्ने रसायन पाईन्छ जुन स्टीमुलान्ट हो।
यूरोप अमेरिका लगायतका मुलुकहरूमा खात अवैध घोषित गरिएको छ। खातको प्रयोग गर्नाले प्रयोगकर्तालाई भोक नलाग्ने र क्यान्सर समेत हुन सक्छ सक्ने विज्ञले बताउँछन्। खातलाई नेदरल्याण्डले सन् २०१२ देखि प्रतिबन्ध गरेको छ ।