भक्तपुरको नैचालमा कार खोल्सामा खस्दा चालकको मृत्यु भएको छ।
बुधबार साढे २ बजे आशापुरीबाट डोलेश्वरतर्फ गइरहेको बा ८ च २४३१ नम्बरको कार सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको डिएसपी कृष्ण प्रसाईले जानकारी दिए।
कार दुर्घटनामा चालक भक्तपुर नलिनचोकका ४० वर्षीय जितेन्द्र खत्रीको मृत्यु भएको उनले बताए।