ड्यूटीमा रहेका बेला ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न प्रलोभनमा पारेर घुस दिन प्रयास गरेका ७ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले जानकारी दिए। पक्राउ पर्नेमा २ जना कार चालक, २ जना बस चालक, २ जना स्कुटर र १ जना मोटरसाइकल चालक रहेको उनले बताए।
उनीहरूले ट्राफिकलाई घुस दिने प्रयास गरेको, नलिने भन्दै बारम्बार सम्झाउँदा पनि जिद्दी गरेपछि नियन्त्रणमा लिएर सिंहदरबार वृतमा बुझाईको ट्राफिक प्रहरीले जनाएको छ।
कहाँ कसले दिन प्रयास गर्यो घुस?- मिति २०७४।०४।१६ गते एयरपोर्ट स्थित सडक खण्डमा ट्याक्सी चेकिङको क्रममा बा ५ च ६५२१ नं।को कार चालक मोरङ मधुमल्ल ९ बस्ने पर्शुराम राईले प्रयोजन विपरीतको कसुरमा १ हजार रुपैयाँ दिएको ।
- मिति २०७४।०७।१३ गते ट्याक्सी चेक जाँचको क्रममा बालाजुस्थित सडक खण्डमा बा ६ च ६४०९ नं को निजी कार चालक नुवाकोट बस्ने दिलिप रिजालले प्रयोजन विपरीत कसुरमा ९ सय रुपैयाँ दिएको।
-मिति २०७४।०७।२६ गते तिनकुने स्थित सडक खण्डमा बा २ ख ७०१५ नं को भाडा बस चालक मोरङ शनिश्चरे बस्ने बर्ष ३५ को कृष्ण धिमालले साथमा कागजपत्र नभएकाे र लेन कारवाहीको कसुरमा २ सय रुपैयाँ दिएको।
- मिति २०७४।०८।१० गते भद्रकाली स्थित सडकमा बा ७७ प ६१०६ नंको स्कुटर चालक टोखा ३ घर भएको वर्ष २७ को मिलन सुर्खेतीले लेन कारवाहीमा पर्दा ५ सय रुपैयाँ दिएको ।
-मिति २०७४।०८।११ गते चावहिल स्थित सडक खण्डमा बा ४ ख ४५५५ नंको भाडा बस चालक सिन्धुली बस्ने विश्वास श्रेष्ठले सवारी दर्ता किताब साथमा नभएको कसुरमा ५ सय रुपैयाँ दिएको।
-मिति २०७४।०८।१२ गते नयाँबसपार्क स्थित रात्रीकालीन चेकिङमा बा ६४ प ७८२७ नं। को स्कुटर चालक रामेछाप लखनपुर बस्ने वर्ष २३ को मेजर सिंह तामाङले कागजपत्र नभएको कसुरमा ५ सय रुपैयाँ दिएको ।
-मिति २०७४।०८।१२ गते कोटेश्वरस्थित सडकमा बा २७ प २२०१ नंको मोसाचालक सिन्धुली १३ बस्ने वर्ष ३२ को थिर तामाङको लाइसेन्स साथमा नभएको कसुरमा २ सय रुपैयाँ दिएको ।