सरकारले मकवानपुरको रातोमाटेदेखि राप्तीपुलसम्मको वाइपासलाई राजमार्ग बनाउने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैंठकले निमार्णाधीन बाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिए। बाइपासलाई राजमार्गमा रूपान्तरण गरे अब यात्रा गर्नेहरुले हेटौंडा बजार पुग्नु पर्देन। बा
कुखरेनी खोलाको किनारै किनार ६ किलोमिटर लामो बाइपास छ। यो बाइपासलाई राजमार्ग बनाउँदा चितवनबाट पूर्व जाने सवारी राप्ती पुलबाट बाइपास हुदैँ रातोमाटे निस्कने छन्।
बैठकले रातोमाटेदेखि चौकिटोलसम्मको सडकलाई त्रिभुवन राजमार्गबाट हटाउने निर्णय गरेको छ।
पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा चौकीटोलदेखि रातोमाटेसम्मको घर टहरा भत्कने स्थानीयले विरोध गर्दै आएका थिए।
https://www.youtube.com/watch?v=Ojf3aDORtzI