नेपाल सेनाले तनहुँको आबुखैरनीबाट ४ वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
निर्वाचनका क्रममा खटेको सेनाको टोलीले आबुखैरेनी गाउँपालिका ३ का अभियान श्रेष्ठको घरबाट नाइन एमएमको ९ वटा पेस्तोल, ७ वटा म्यागेजिन र ४८ राउण्ड गोली बरामद गरेको छ।
चुनावलाई प्रभावित पार्न सक्ने भन्दै सेनाले चलाएको अप्रेसनमा श्रेष्ठ पक्राउ परेका हुन् । निर्वाचन विथोल्न केही तत्वहरु लागेपनि सुरक्षा दिन सेना सदैव तयार रहेको नेपाली सेनाले जनाएको छ।