काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार ३ डिग्री थियो। सोमबार न्युनतम तापक्रम बढेर ४.६ डिग्री पुग्यो।
न्यूनतम तापक्रम बढे पनि आइबारभन्दा सोमबार धेरै चिसो महशुस भयो।
सोमबार धेरै चिसो महशुस हुनुको कारण बिहानदेखि लागेको हुस्सु हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले हुस्सु नफाटेकाले नौ बजेसम्म पनि राम्ररी घाम लाग्न नपाएको बताए।
‘अझ खोंचहरुमा धेरै हुस्सु लागेको छ, न्यूनतम तापक्रम हिजोभन्दा बढे पनि हुस्सु लागेर धेरै जाडो भएको हो,’ प्रधानांगले भने।
महाशाखाले अझै जाडो बढ्ने अनुमान गरेको छ।