भारतीय विदेश मन्त्री सुष्मा स्वराजले केन्यामा बन्दी बनाइएका ७ सात नेपाली युवतीको उद्दार भएको बताएकी छन्।
विदेश मन्त्री सुष्मा स्वराजले मोम्बासामा पासपोर्ट र फोन लुटेर बन्दी बनाइएका ती नेपाली युवतीको उद्दार गरिएको ट्वीटमार्फत जानकारी दिएकी छन्।
https://twitter.com/SushmaSwaraj/status/948764679605690368
त्यहाँ बन्दी बनाइएका तीन भारतीय युवतीलाई उद्दार गर्ने क्रममा नेपाली युवतीको पनि उद्दार भएको हो।
भारतीय युवतीहरु भारत आइसकेका छन्।
नेपालको परराष्ट्र मन्त्रालयले यस विषयमा थप जानकारी लिने काम भइरहेको जनाएको छ।