सिन्धुपाल्चोकमा विभिन्न समयमा गरी दुई हजार आठ सय ३५ गाँजाका बोट नष्ट गरीएका छन् । यसै वर्षको साउन देखी असोज महिनामा लागु पदार्थ नियन्त्रण जिल्ला कार्यान्वयन समितिको सक्रियतामा सो परिमाणको गाँजाका बोटहरु नष्ट गरिएका हुन् ।
जिल्लामा यस वर्ष सबैभन्दा ठुलो परिमाणको गाँजा खेती सुनकोेशी गाँउपालिकाको वडा नं. ६ को निग्रे, लप्से र छाप टोलमा असोज ३ गते ५ रोपनी जग्गाको एक हजार दुई सय बोट तथा लिसंखुपाखर गाँउपालिका वडा नं. ५ स्थित मुढे बजारदेखी निगालेसम्मको क्षेत्रमा साउन २ गते आठ सय बोट नष्ट गरीएको थियो । चार रोपनी क्षेत्रफल जमीनमा लगाइएको सो गाँजा खेती जिल्ला प्रहरी कार्यालय मार्फत खटिएका प्रहरीहरुले नष्ट गरेको जिल्ला प्रशाषन कार्यालयका सहयक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताए।
जिल्ला सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकका वडा नं. ११ मा ८५ बोट, वडा नंं ८ मा एक रोपनी जग्गामा लगाइएको एक सय बोट र वडा नं. १२ मा दुई रोपनी जग्गामा खेती गरिएको एक सय ४० बोट गाँजा पनि नष्ट गरीएको रेकर्ड छ । जिल्लाकै मेलम्ची नगरपालिका वडा नं. १३, फटकशिलामा पनि ६० बोट गाँजा नष्ट गरीएको थियो । प्रहरीकै सक्रियतामा चौतारा साँगाचोक गढी नगरपालिककाकै गौरतीमा करीब २ रोपनी निजी तथा सार्वजनिक जमीनको चार सय ५० वोट गाँजा नष्ट गरिएको छ।
यससँगै जिल्लामा गाँजा प्रयोगकर्ताको संख्यामा पनि कमी आएको समितीको निष्कर्श छ । राजधानीबाट नजिक भएका कारण राजधानीबाट गाँजा लिनकै लागि सिन्धुपाल्चोक आउने गाँजा प्रयोगकर्ता समेत रहेका छन्। राजधानीबाट नजिकमा पर्ने तथा विभिन्न बहानामा सिन्धुपाल्चोक तथा दोलखा घुम्न आउने युवाहरुले सिन्धुपाल्चोकको गाँजा खरिद तथा प्रयोग गर्ने गरेका छन् । चिसो ठाँउमा उत्पादन हुने गाँजा स्वादिष्ठ हुने भएको कारण पनि सिन्धुपाल्चोकको गाँजा प्रयोगकर्ताको रोजाइमा पर्ने नाम नवताउने शर्तमा एक गाँजा प्रयोगकर्ताले बताए। ‘सिन्धुपाल्चोकको मुढे साइडको गाँजा अलि बढी ट्रीप दिने खालको हुन्छ,’ उनले भने ‘एक पटक खरीद गरेर चिनजान बनाएको व्यक्तिले मात्र गाँजा खरीद गर्न सक्छ ।’
जिल्लाका बिभिन्न व्यक्ति तथा होटल व्यवसाय सञ्चालन गरेर बसेकाहरुले त्यस्ता व्यक्तिलाई गाँजा वितरण गर्दै आएका छन् । आ.व. ०७३÷०७४ मा लिसंखुपाखर गाँउपालिकाका वर्ष ३८ का घ््याम्छो लामाबाट सात सय ग्राम र काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल घर भई लिसंखुपाखरकै मुढे वजारमा होटल व्यवसाय सञ्चालन गरी बसेका बर्ष ४३ का अच्युत श्रेष्ठ लार्ई ४१ ग्राम गाँजा सहित पक्राउ भएसँगै जिल्लामा गाँजाको कारोबार हुने गरेको प्रमाणीत समेत भएको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतले २०७३ पुस २७ गते श्रेष्ठलाई तीन हजार र लामालाई अठ्ठाइस हजार धरौटीमा छोडेको थियो ।
गाँजाको ऐतिहाँसिक पृष्ठभुमीपरापूर्वकाल देखि नै मानवहरुले केही जडिबुटीहरु धर्मिक उत्सव, जादु र आनन्द प्राप्ति तथा औषधीमुलोका लागि प्रयोग र सेवन गर्दै आएको पाइन्छ । हिन्दु राष्ट्रहरुमा ऋषिमुनिहरुले गाजाँ, चरेस, भाङ्ग जस्ता नशालु पदार्थ एकाग्र चित्त हुनका लागि प्रयोग गर्दथे । नेपालमा पनि होली पर्व, शिवरात्री जस्ता विभिन्न हिन्दु चाडपर्वहरुमा समेत खुलमखुला गाँजा तथा गाँजाजन्य पदार्थको प्रयोग गर्ने गरीन्छ । विशेषगरी महादेबले प्रयोग गर्ने नशाको रुपमा लिक्ष्ने गाँजा महादेब मन्दिर आसपास तथा अवसरहरुमा अत्याधिक प्रयोग हुन्छ । विश्वका विभिन्न राष्ट्रहरुमा परम्परागत धार्मिक र सामजिक दृष्टिकोणबाट विभिन्न नसालु पदार्थहरु प्रयोग गर्ने गरेका छन् ।
प्राचिन समयमा युद्धमा सेनाहरुलाई लागूपदार्थ सेवन गराएर पठाउने गरिन्थ्यो भन्ने कुरा पनि पढ्न र सुन्न पाइन्छ । हाल पनि विभिन्न देशका बुहुचर्चित खेलाडिहरुलाई स्पूmर्तिपना ल्याउन लागु औषधहरुको सेवन गराउने गरेको सुनिन्छ ।
विश्वका कतिपय स्थानहरुमा अफिमलाई यसको पहिचान पश्चात नै बाथ, लहरे खोकी, डाइरिया आदिको उपचारमा पनि प्रयोग गरेको पाइन्छ । नेपालमा मानिस तथा पशुपंक्षिको विभिन्न रोगमा गाँजालाई औषधिको रुपमा प्रयोग गरिन्छ ।
लागु औषधहरु प्राचिनकाल देखि वर्तमान समयसम्म पनि परम्परागत रुपमा औषधी उपचारको उद्देश्यले प्रयोग गरिन्छ ।
असरहरुगाँजाले विशेषगरी युवा वर्गमा असर पु¥याएको छ । विद्यालय तथा क्याम्पस तहमा अध्ययन गर्ने यवायुवतीहरु यसको कुलतमा फसेको पाइन्छ । गाँजा तथा गाँजाजन्य लागुऔषध खरीद गर्नको लागि घरपरिवारसँग रुपैया पैसा माग्ने र सो नपाएमा विभिन्न गलत कार्यमा लागेर भइपनि रकम जुटाई खरिद गर्ने गरेका छन् । गाँजाकै कारण काम गर्नुपर्ने उर्जाशिल समय त्यसै खेर गइरहेको हुन्छ । यसले युवायुवतीहरुमा दुव्र्यसन वढाएको, हत्या, चोरीका घटना वृद्धि हुने गरेको छ ।
लागूऔषधको अत्यधिक र लामो समयसम्मको सेवनले मानिसको मृत्यु हुन सक्छ । त्यस्तै संगठित अपराधमा बृद्धि, समाजिक मूल्य मान्यतामा ह्रास तथा राजनीतिमा अपराधिकरणमा पनि गाँजाले भुमीका खेलीरहेको हुन्छ ।
चुनौती लागूऔषध आजको विश्वमा एक प्रमुख चुनौतिको रुपमा देखा पर्दै आएको । विकसित, अर्धविकसित तथा विकासोन्मुख सवै खालका मुलुकहरु लागु औषधको कारोवारबाट प्रभावित भए पनि विकसित मुलुकहरु भन्दा अद्र्धविकसित तथा विकासोन्मुख मुलुकहरुमा लागु औषधको कारोवार गम्भिर समस्याको रुपमा बढ्दै गएको छ । नेपाललाई समेत लागु औषधको कारोवारकर्ताहरुले लागु औषको विश्वव्यापी कारोवारमा ट्रान्जिट राष्ट्रको रुपमा उपयोग गर्दै आइसहेको विभिन्न घटनाहरुले पुष्टी गर्दछन्।
मूख्य रुपमा खुला सिमाना र कमजोर सुरक्षा प्रणालीका कारण नेपाललाई गाँजा तथा अन्य लागूपदार्थको ट्रान्जिट मुलुकको रुपमा प्रयोग हुने भए तापनि मुलुकभित्रै पनि लागूऔषधको विक्री, वितरण, ओसार पसार लगायतका कारोवारहरु हुने गरेको छ। नेपालमा लागु औषध प्रयोगकर्ताहरुले खैरो हेरोइन, गाँजा र अन्य औषधिहरु जस्तैः टिडीजेसिक, डाइजेपाम, नाइट्रोजेपाम, फेन्सिडिल बढी प्रयोगमा ल्याउने गरेको पाइएको अध्ययनहरुले बताएका छन्।