नेपाल विद्युत प्राधिकरणले प्रणालीमा समस्याका कारण केही दिनयता बेलाबेलामा बिजुली जाने गरेको बताएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कहिले प्रणालीमा समस्या आउने र कहिले मर्मत सम्भार गर्नुपर्ने भएकाले बिजुली केहीबेर अवरुद्ध हुने गरेको बताए।
‘कहिलेकाहीँ सिस्टमको समस्याले बिजुली नआएको हो,’ बिहीबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘बिजुली नपुगेर लोडसेडिङ गर्नुपर्ने अवस्था अहिले छैन।’
पछिल्लो समय ट्रान्सफर्मर सवस्टेशन, फिडर र प्रसारण लाइन आएका समस्याले विद्युत आपूर्ति केहीबेर रोकिने गरेको प्राधिकरण जनाएको छ।