काठमाडौंको कंलकीस्थित एक जुवा खालमा छापा मार्न गएका प्रहरीलेनै जुवाडेको रकम लुटेको रहस्य खुलेको छ।
जुवा खालमा रहेको रकम लुटेर फरार हुने प्रहरीका सई मदन बहादुर मल्ल र प्रहरी जवान मनोहर बुढा निलम्वनमा परेका छन्।
महानगरीय प्रहरी वृत्त कालीमाटीको मातहतमा रहेका असई र जनावले जुवाडेलाई लखेटेर पैसा लिएको भेटिएपछि उनीहरुलाई निलम्बन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए।
उनका अनुसार सोमबार कलंकीको सगुन होटलमा जुवा खालमा छापा हान्न गएका बेला जुवाडेलाई भगाएर त्यहा भएको रकम उनीहरुले उठाएर हिँडेका थिए।
प्रहरी स्रोतका अनुसार जुवा खालबाट सई मल्लले ४ लाख ५० हजार लुटेका थिए,भने प्रहरी जवान बुढाले १२ हजार नगद र मोवाईल लुटेका थिए।