नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोलको मूल्यमा १ रुपैँया र डिजेल तथा मट्टितेलको मूल्यमा २ रुपैँयाले वृद्धि गरेको हो।
निगमले हवाइ इन्धनको मुल्य पनि बढाएको छ। निगमले आन्तरिक तर्फ प्रति लिटर पाँच रुपैँयाले मुल्य वृद्धि गरेको हो। त्यस्तै अन्तराष्ट्रिय तर्फ हवाइ इन्धनमा प्रति किलोलिटर सय डलरले वृद्धि गरेको हो।
अब पेट्रोल प्रति लिटर १०४, डिजेल र मट्टितेलको ८२ रुपैँया पर्नेछ। हवाइ इन्धन आन्तरिक तर्फ आयोगले ९५ रुपैँया लिदैँ आएकोमा अब १ सय पर्नेछ। वृद्धिसँगै हवाइ इन्धनको मुल्य प्रति किलोलिटर १ हजार डलर पुगेको छ।