पश्चिमबाट आएको न्यून चापीय प्रणाली र अरब सागरबाट आएको प्रणालीका कारण मंगलबार देशभरिको मौसममा बदली भएको छ।
सुदुर पश्चिमका केही उच्च हिमाली क्षेत्रमा हिमापात भएको छ भने काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बादल लागेको छ।
जल तथा मौसम पूर्वानुमान शाखाले यो क्रम भोलिसम्म रहने र पर्सिबाट आकाश खुल्ने बताएको छ।
‘भोलि पश्चिमतिर खुल्छ तर पूर्वमा केही ठाउँ बादल लाग्छ, केही हिमाली क्षेत्रमा हिउँ पर्ला तर पानी पर्ने सम्भावना छैन,’ महाशाखामा मौसमविद् वरुण पौडेलले भने।