कुनै समय नेपाली फिल्मको एक्सन कोरियोग्राफीमा एकक्षत्र राज गरेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको सिआइबी टोलीले ठमेलबाट पक्राउ गरेको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
कलाकारको नाममा विभिन्न बहाना बनाइ फिल्म बनाउने, डकुमेन्ट बनाउने लगायतका कार्यक्रम तयार पारि ११ जना युवायुवतीलाई उनले कोरिया पठाएको खुल्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछी उनी पक्राउ परेका हुन्। कलाकारलाई सहजै भिषा प्राप्त हुनाले विभिन्न सास्कृतिक तथा फिल्मी कार्यक्रमको आडमा मानिसहरूबाटि मोटो रकम उठाउने गरिएको छ।
खड्गीलाई पनि यहि अभियोगमा पक्राउ गरिएको हो। उनी विरूद्ध प्रहरीमा मोटो रकम लिएर कोरियामा युवायुवती पठाएको र उतै लुकाएको उजुरी परेको परेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताएका छन्। काठमाडौं जिल्ला अदालतको आदेश अनुसार खड्गीलाई पाँ दिन हिरासतमा राखेर अनुसन्धान गरिने एस पी श्रेष्ठले बताए।