दाइजो विवाद, रिसिइबी वा सम्बन्ध बिग्रँदै जाँदा महिलालाई आगो लगाउनेसम्मको घटना बढ्दै गएका छन्। यसलाई महिलाविरुद्धको लैंगिक हिंसाकै रूपमा लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
अग्नि हिंसा पीडित नेपालद्वारा आइतबार आयोजित अन्तर्क्रियाका सहभागीले यस्तो प्रकृतिको लैंगिक हिंसामा पारिवारिक संलग्नता बढी हुने र पीडित पक्षको आवाज बाहिर नआउने बताए। यस्तो बेला सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्ने उनीहरूको भनाइ थियो। पारिवारिक दबाबमा लुकेर बसेका पीडित पक्षको भोगाइ उजागर गर्नुपर्नेमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनीहरूले जोड दिए।
यस्तो घटना नियन्त्रण गर्न कानुनी प्रावधान पनि कडा हुनुपर्ने उनीहरूले बताए।