प्राचिन बुद्धको मुर्ति बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काभ्रे घर भइ नागार्जुन ५ बस्ने आकाश कार्की र सिन्धुपाल्चोक घर भइ बौद्ध बस्ने शेरप लामालाई पक्राउ गरिएको एसपी जीवन श्रेष्ठले जानकारी दिए।
उनीहरुलाई नागार्जुन ५ रानीपाटीबाट नियन्त्रणमा लिएको उनले बताए। पुरातात्विक महत्वको बुद्धको मुर्ति सहित उनीहरुलाई पक्राउ गरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार जिल्ला अदालत काठमाण्डौबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको उनले बताए।
सो बुद्धको मुर्ति ४० लाख मुल्य राखेर बेचबिखन गर्न खोजेको प्रहरीले पत्ता लगाएको छ। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ वमोजिम कुनै पनि पुरातात्विक महत्वका बस्तु एवं मुर्तिहरु ओसारपसार तथा विक्री वितरण गर्न निषेध गरिएको र यस्तो काम गर्ने व्यक्तिलाई ऐन बमोजिम र २५ हजार सम्म जरिवाना वा ५ बर्ष सम्म कैद वा दुवै सजाय हुन सक्छ।