नेपाली सेनाले आज स्थापनाको २५० औं वर्षगाँठ मनाउँदै छ। सैनिक दिवसका अवसरमा सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै आएको छ।
यसपालि सेना दिवसमा भारतीय सेनाध्यक्ष विपिन रावत विशेष अतिथिका रूपमा निम्त्याइएका छन्।
नेपाली सेनाको २५० वर्ष लामो इतिहासमा पहिलो पटक सेना दिवसमा भारतीय सेनाध्यक्ष विशेष अतिथि बन्न लागेको नेपाली सेनाले जनाएको छ।
‘दुबै देशका सेनापति (भारतमा सेनाध्यक्ष)लाई एकअर्काको देशको मानार्थ सेनापति दिन चलन छ, तर नेपाली सेनाको वर्षगाँठ समारोहमा अहिलेसम्म कोही भारतीय सेनाध्यक्ष आउनुभएको थिएन,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘यसपालि हामीले उहाँलाई विशेष अतिथिका रूपमा निम्त्याएका हौं।’
यसअघि नै नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान पाइसकेका रावत सोमबार काठमाडौं आइपुगेका हुन्।
उनी बुधबार भारत फर्केन कार्यक्रम छ।