सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममा
निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिनेछ ।
बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि भक्तजनहरूको दर्शनका लागि शाश्वतधाममा विशेष मण्डप तयार गरि अस्तु राखिएको छ ।
अस्तु दर्शनका लागि अहिले बौद्ध र हिन्दु धर्माबलम्बिहरुको भिड लागेको छ । धाममा राखिएको अस्तुलाई श्रीलंकावाट आएकाभिक्षुहरुको टोलीले विधिपूर्वक दैनिक पुजा अर्चना गरिरहेका छन् ।
श्रीलंकाको राजधानी कोलम्बो नजिकैको २६ सय वर्ष पुरानो राजमाया बिहारवाट उक्त अस्तु नेपालको शाश्वतधाम ल्याइएको हो । विश्वभरका बौद्धधर्मावलम्वीहरूका वीच उक्त विहार निकै प्रतिष्ठित मानिन्छ ।
बौद्ध भिक्षु खेम्पो पेमा सम्बालामाले भगवान बुद्धको अस्तुलाई प्राणीको उद्धार गर्नका लागि साक्षात भगवान मानिने भएकाले बुद्ध धर्ममा यस्को सबैभन्दा उच्च महत्व रहेको बताए ।
राजामाया बिहारका जनका ईडिरेसंघेले भगवान बुद्धका अनुयायिहरुले अस्तु (बुद्धको खरानी)रहेको स्थानलाई साक्षात् भगवान बुद्धको स्वरुपका रुपमाश्रद्धा गर्ने बताए ।
मंगलबार शाश्वतधाम परिसरमा बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको छ ।
श्रीलंका, लुम्बिनीस्थित श्रीलंकागुम्बा र दाउन्नेमा रहेको बौद्ध गुम्बाका भिक्षुहरुबाट विधिपूर्वक बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको हो ।
आगामी बैशाख पूर्णिमाकादिनउक्त सेन्टरको उद्घाटन गर्ने लक्ष्य राखिएको छ । बुद्धिष्ट सेन्टर संचालनमा आएपछि भक्तजनहरूले सोही स्थानमा अस्तुको दर्शन गर्न पाउनेछन् ।
पुरातत्वबिभागका पुरातत्व बिज्ञ रामबहादुर कुंवरकाअनुसार आजभन्दा २५६२ वर्षअघि देह त्याग गरेकाभगवानगौतम बुद्धलाई उनकाअनुयायीहरु (भिक्षु)ले
जलाएकाथिए ।
उनलाई जलाईएपछि बनेको खरानीआ–आफनो चैत्यमा राख्नउनीहरूवीचहोडबाजी चलेको थियो ।
बौद्ध धर्म विज्ञहरूका अनुसार त्यतिबेलाका शासकमध्ये मगतका मौर्य, बैशालीका लिक्ष्छवी, कपिलवस्तुका शाक्य, रामग्रामको कोलीया(हालनवलपरासी सदरमुकामवाट ५ किलोमिटर दक्षिण) कुशिनगरकामल्ल, पावाकामल्ल, बेथडिपका ब्राम्हीन र अलपप्पाकाबुलिजहरुले अस्तु भाग लगाएर बाँडेकाथिए । ती आठवटै स्थानमानिर्माण गरिएका भब्य चैत्यहरू अहिले पनि उत्तिकै प्रख्यात छन् ।
तत्कालिन सम्राट अशोकले तिआठ पबित्र स्थल (तत्कालिन चैत्य मन्दिर)मा रहेको अस्तुलाई उत्खनन्गरि आफ्ना ८४ हजार भिक्षुहरुलाई बितरण गरेको भनाई छ । त्यतिबेलाबितरित अस्तुलाई संसारका ८४ हजारभन्दा बढि स्थलका चैत्यहरूमा राखिएको विज्ञहरू बताउछन् ।