केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको मौसम धुम्म भरहेको छ। दिउँसो राम्ररी घाम लाग्न सकेको छैन। राम्ररी घाम नलागेकाले तापक्रम धेरै बढेको छैन।
मौसम पूर्वानुमान महाशाखाले यो क्रम अझै केही दिन जारी रहने बताएको छ।
‘हामीले तीन दिनसम्मको अनुमान लगाउन सक्छौं,’ महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘काठमाडौंलगायत पहाडी क्षेत्रमा तीन दिनसम्म यस्तै धुम्म भइरहन्छ तर पानी पर्ने सम्भावना भने छैन।’
उनका अनुसार काठमाडौंको आकाशमा आजभोलि तुवाँलोसँगै बादल पनि लागेको छ।