अफ्रिकी मुलुक मोगादिसुमा शुक्रबार दुई वटा बम विस्फोटन हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् ।
एम्बुलेन्सका निर्देशक अब्दुकादीर अब्दीरहमानले दुई वटा बम विस्फोटनमा परी १८ जनाको मृत्यु भएको पुष्टी गरे। उनले एउटा बम आक्रमण राष्ट्रपति निवासलाई लक्षित गरिएको जानकारी दिए।
'हामीले १८ वटा शव भेटेका छौं, अरु २० जना घाइते भएका छन्, उनीहरुलाई सहरका विभिन्न अस्पतालहरुमा पठाइएको छ,' उहाँले भने ।
सोमालियाको सुरक्षा फौजले राष्ट्रपति कार्यालयमा गर्न लागेको विस्फोटनलाई असफल पारेको अधिकारीले बताएका छन् ।
पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुका ६ बजे भएको थियो भने दोस्रो विस्फोटन त्यसको केही समयपछि सोमालियाको भिल्ला भन्ने स्थानमा भएको थियो ।