उपत्यकामा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने १ हजार ३ सय ७ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।
शनिबार ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। जसमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने मात्रै १८७ जना सवारी चालक छन्।
यसैगरी मदिरा पिएर सवारी साधन चलाउने १०० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ८७ जना, अनावश्यक हर्न बजाउने ३७ जना र लेन उल्लघंन गर्ने १६ जना ट्राफिक कारबाहीमा परेको महाशाखाले जनाएको छ।