सुनसरीको इनरूवा नगरपालिका-९ बबियामा शनिबार राति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
राति करिब १० बजे ना २ ख ९८४६ नम्बरको बसको ठक्करबाट सुनसरी इनरुवा नगरपालिका ८ डुम्राहाका ३५ वर्षिय करम लाल उरावको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।