पर्साको विरगञ्ज महानगरपालिका १९ विन्दाबासिनीको एक राइस मिलमा मंगलबार बिहान आगलागी भएको छ।
आगलागीबाट करिब १० लाखको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ। मनोज साह कलवारले सञ्चालन गरेको मनोज राइस मिलमा बिहान सवा ५ बजे आगो लागेको थियो।
राइस मिलमा रहेका विभिन्न सामान आगोले जलेर नष्ट हुँदा १० लाखको क्षति भएको हो।
स्थानीय बासिन्दाको सहयोगमा अस्थायी प्रहरी पोष्ट विन्दबासिनीको टोलीले करिब आधा घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।