होलीका नाममा जथाभावी सवारी नियम मिच्ने १०९ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंबाट ५० ओटा सवारी साधन, ललितपुरबाट ५१ र भक्तपुरबाट ८ गरी अहिलेसम्म एक सय ९ ओटा सवारी साधन नियन्त्रणमा लिइएको हो । जसमा धेरैजसो मोटरसाईकल रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी होली पर्वलाई मध्यनजर गर्दै प्रहरीले काठमाडौं उपत्यकामा सुरक्षा चेकजाँच कडा पारेको छ ।
प्रहरीले काठमाडौंका विभिन्न स्थनमा ट्राफिक र जनपद प्रहरीले सयुक्त चेकजाँच थालेको छ ।
ट्राफिक र जनपद प्रहरीले बिहानै देखि उपत्यकाका सडकमा मापसे चेकजाँचलाई कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
त्यसैगरी होलीका नाममा जवरजस्ती लोला हान्नेलाई नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरीले जनाएको छ ।
होली सुरक्षालाई लक्षितगरी काठमाडौंमा ३ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।