मदिरा सेवन गरी प्रहरीलाई ढुंगामुडा गर्दा हेटौंडा पदमपोखरीमा ५ जना प्रहरी घाइते भएका छन्।
बिहीबार साँझ मदिरा सेवन गरी हल्ला गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीलाई ढुगां प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए।
ढुंगामुडाबाट घाइते प्रहरीको हेटौंडामा उपचार भइरहेको छ। खनालका अनुसार पाँचै जना प्रहरीको अवस्था खतरामुक्त छ।
प्रहरीमाथि आक्रमण गर्ने १६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
'टोलमा होहल्ला गरे भन्ने स्थानीयको गुनासोपछि प्रहरी त्यहाँ पुगेको थियो,' एसपी खनालले सेतोपाटीसँग भने, 'सम्झाउन खोज्दा प्रहरीमाथि केही स्थानीयसमेत जाइलागे।'
नियन्त्रण लिइएका १६ जना बारे अनुसन्धान भइहरहेको छ।