शुक्रबार साँझ काठमाडौं उपत्यकामा असिना पानी परेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय मौसम प्रणालीका कारण असिना पानी परेको जनाएको छ।
यो प्रणालीले काठमाडौं आसपासका क्षेत्रमा मात्र हावाहुरीसँगै असिना पानी परेको हो।
महाशाखाका मौसमविद राजु प्रधानांगले पानी परेपछि शनिबारदेखि राजधानीको मौसम खुला हुने बताए।
‘प्रिमनसुन सुरु हुँदा यस्तो वर्षा हुन्छ, भोलिदेखि मौसम सफा हुन्छ साँझ भने बदली हुने सम्भावना छ,’ प्रधानांगले भने।
राजधानीको आकाशमा केही दिनदेखि तुँवालो र बादल लाग्दा धुम्म भएको थियो।