अमेरिका लैजाने भन्दै ७ जनालाई ठगी गर्ने एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले दाङका ४१ वर्षीय छविलाल चौधरी र उनकी श्रीमती ४६ वर्षीया सुभद्रा कर्माचार्यलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो।
उनीहरुले विभिन्न मन्त्री तथा अमेरिकन दूतावासका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको भन्दै ७ जनाबाट २६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको महाशाखाले जनाएको छ।
उनीहरूले अमेरिकाको इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फिनिटजम भन्ने संस्थामा रोजगारी दिने प्रलोभन दिएर पैसा लिएर सम्पर्कविहीन भएका थिए।
उनीहरूको साथबाट प्रहरीले केही राहदानी तथा चेकसमेत बरामद् गरेको महाशाखाले जनाएको छ।