काठमाडौं महानगरपालिकाले विभिन्न संघसंस्था र व्यक्तिले हडपेको जग्गा फिर्ता लिने भएको छ।
महाराजगन्जस्थित होटल काठमाडौंले कब्जा गरेको ६ आना जग्गा फिर्ता लिएर सोमबारबाट अभियान सुरु गर्न लागिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सेतोपाटीलाई जानकारी दिए।
‘महानगरभित्र रहेका जग्गा सार्वजनिकीरण गर्ने क्रम सुरू भएको छ,’ कार्कीले भने, ‘अब अन्य जग्गा पनि नियन्त्रणमा लिएर सार्वजनिकीकरण गछौं।’
महानगरपालिकाको वडा नम्बर ३ मा पर्ने उक्त जग्गाको मुल्य ३ करोड बराबर रहेको छ।