चितवनको राप्ती नगरपालिका १३ स्थित बान्द्राङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
सोमबार साँझ माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ५२ वर्षिया निरमाया प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
माटोको ढिस्कोमा पुरिएकी प्रजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।