ओमनस्थित नेपाली दुतावासले अलपत्र परेका ११ जना नेपालीको उद्धार गरी स्वेदश पठाएको छ।
ओमानको सोहारस्थित मुवाराड वाडी हिबी मोर्डन ट्रेड एएसटिडी कम्पनीमा कार्यरत ११ जना नेपालीको उद्धार गरिएको हो ।
उनीहरु काठमाडौं अनेष्टि ओभरसिज प्रालिबाट ओमान गएका थिए। स्काफफोल्डिङ काममा गएका २० जना नेपाली कामदारले करार संझौता बमोजिम सुविधा नपाएको भन्दै दुतावाससँग स्वदेश फर्किन आग्रह गरेका थिए।
स्वदेश फर्कने बताएपछि उनीहरुलाई कम्पनीले १ सय ६५ किमि टाढा लगेर छाडिदिएको थियो। अलपत्र अवस्थामा राखिएको ठाउँमा स्थलगत अनुगमन गरी उक्त समस्यालाइ तत्काल समाधान गर्ने प्रयास स्वरूप सम्वन्धित पक्षहरूसँग निरन्तर सम्पर्क तथा छलफल गर्दा समेत समस्याको समाधान सहज रूपमा हुन नसकेको हुँदा पीडित कामदारहरूको माग बमोजिम नेपाली राजदूतावासको सकृय पहल र समन्वयमा स्थानीय कानूनी अपचारिकता पूरा गरी सकुशल स्वदेश फिर्ता गरिएको राजदुत शर्मिला पराजुलीले जानकारी दिइन् ।
समस्यामा परेका पीडित नेपाली कामदारहरूलाइ उद्दारका क्रममा खान, बस्न समेतको व्यवस्थापन गरी सहयोग गर्नुहुने ओमान स्थित सम्पूण व्यक्ति तथा नेपाली समुदाय एनआरएन, नेपाली एकता समाज, वुद्द भिजन र नेपाल मगर संघ समेतलाइ दुतावासले धन्यवाद दिएको छ।
कामदारहरूमध्ये बाँकी समस्यामा रहेका ९ जना पीडित नेपाली कामदारहरूको समस्या समाधान एवं स्वदेश फीर्तिका लागि दूतावासको प्रयास जारी नै राखेको राजदूत पराजुलीले जानकारी दिइन्।