केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको युएस बंगलाको जहाजका यात्रुलाई उद्दार गरी अस्पताल ल्याउने क्रम जारी छ।
सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएका झन्डै आधा यात्रुहरु मृत रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै सेतोपाटीका गिरीश गिरीले जनाएका छन्।
[caption id="attachment_140590" align="alignnone" width="1001"]
केएमसी अस्पतालमा ल्याइएका घाइते। तस्बिर : गिरीश गिरी/ सेतोपाटी[/caption]
‘यहाँ ल्याइ पुर्याइएका यात्रुमध्ये जीवितलाई अस्पताल भित्र उपचारका लागि लगिएको छ भने मृतलाई अस्पताल परिसरमा राखिएको छ,’ गिरीले भने।
अहिलेसम्म कति यात्रु ल्याइयो र कति जीवित छन् भन्ने एकीन छैन। अस्पतालले एकिन संख्या अझै भनेको छैन। तर उपचारमा संलग्न चिकित्सकले झन्डै आधा यात्रुको मृत भएको जानकारी दिएका छन्।
विमान अवतरण गर्ने क्रममा आगलागी भएर क्षतविक्षत भएको थियो। विमानमा ६७ यात्रु रहेको नेपाल प्रहरीले जनाएको छ।