रौतहटका मेयरलाई फोन गरी १० लाख रुपैयाँ माग गर्ने २ जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवलाई फोन गरेर डर, धाक, र धम्की लिइ रकम माग गर्ने मोहम्मद सामसंग आलम र जुल्फिकर सेखलाई पक्राउ गरिएको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनीहरु दुवै रौतहटकै हुन् ।
उनीहरुलाई आइतबारराती बालकुमारीबाट नियन्त्रणमा लिइएको हो। उनीहरुले १२ दिनदेखि लगातार मेयर यादवलाई फोन गरेर १० लाख माग गरेका थिए। नदिए मार्ने धम्की समेत उनीहरुले दिएको प्रहरीले जनाएको छ।
कल ट्रयाक गरेर २ जनालाई पक्राउ गरिएको एसपी श्रेष्ठले बताए।