युवतीहरुलाइ फकाइ फुल्याइ होटलहरुमा लगेर यौन ब्यापारमा लगाउने प्रहरी फन्दामा परेका छन्।
महोत्तरी घर भइ चावहिल बस्ने ५० वर्षीय भक्तबहादुर बुर्जा मगरलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो।
केशर महल र संचय कोष वरिपरी वेस वनाई महिलाहरुलाई आर्थीक प्रलोभन देखाई धेरै पैसा कमाई हुन्छ भनि ललाई फकाई जवरजस्ति यौन व्यापारमा लगाउदै आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
केशरमहलमा ४ जना महिलासँग कुरा गर्दै गर्दा उनी पक्राउ परेका हुन्।
महिलाहरुलाई ललाई फकाई राजधानीको विभिन्न होटलहरुमा आफ्फैले ट्याक्सीमा पुर्याउने गरेको, विशेष गरि होटेलमा वसेका स्वदेशी तथा विदेशी पाहुनाहरुलाई लक्षित गर्ने गरेको र महिलाहरुलाई सो पेशामा लगाई कमिशन खाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
उनलाइ काठमाडौ जिल्ला अदालतवाट मानव वेच विखन तथा ओसार पसार मुद्दामा १५ दिन म्याद थप गरि थप अनुसन्धान भइरहेको छ।