चितवनको नारायणगढस्थित लायन्स चोकमा इपी एजुकेसन एन्ड माईग्रेसन अष्ट्रेलियाले आफ्नो नयाँ शाखा खोलेको छ।
एक कार्यक्रमका बीच शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय सदस्य सोमबहादुर कँडेल र सोलीसीटर तथा शैक्षिक परामर्शगाता खीलेन्द्रराज तिम्सीनाले संयुक्त रुपमा इपी एजुकेसन चितवनको उद्घाटन गरेका हुन्।
इक्यान चितवनका अध्यक्ष भानुभक्त खरेल, इपी एजुकेसन अष्ट्रेलिया काठमाडौं शाखाका अप्रेशन हेड सुरज अधिकारीलगायतको उपस्थिति थियो।
उच्च शिक्षा अध्यनको लागि आईएलटिएस पढाएर अष्ट्रेलिया पठाउन र विद्यार्थीका लागि सही तथा सुलभ परामर्श दिने उद्धेश्यले इपी एजुकेसन अष्ट्रेलिया संचालनमा ल्याईएको शाखा प्रमुख रन्जन पौडेलले जानकारी दिए।
कन्सलटेन्सीबाट अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भाषासँगै कलेज , युनीभर्सीटी र देशको सम्पूर्ण आधारभूत जानकारी गराइने प्रमुख पौडेलले बताए।
सन् २०१५ स्थापना भएको इपी एजुकेसन अष्ट्रेलियाको मूख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा छ। काठमाडौं, बिर्तामोडहुँदै चितवनमा तेस्रो शाखाको रुपमा इपी एजुकेसन अष्ट्रेलिया सञ्चालन भएको हो।