जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही उपमहानगरपालिका ४ को पालुधान र रानी दमारवाट अवैध रुपमा ढुगा निकास गरिरहेको एउटा इस्काभेटरसहित १० वटा ट्रेक्टरलाई नियन्त्रणमा लिएको छ।
आइतबार प्रक्राउ गरेका ट्रेक्टर जिल्ला समन्वय समितिको मञ्चमा राखिएको छ।
नियन्त्रणमा लिएका इस्क्काभेटर र ट्रेक्टरलाई कानूनी कारवाही अघि बढाइएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए।
उक्त क्षेत्रमा ठेकदार बसन्त कुवरले अवैधरुपमा ढुंगा निकासी गर्ने गरेको स्थानीयले बताएका छन्। अवैधरुपमा गरेको ढुगा उत्खननले गाउँमा जाने सडक समेत भत्किएको छ ।
खोला समेत खण्डर भएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समतिका संयोजक गजेन्द्रबहादुर श्रेष्ठका अनुसार त्यस क्षेत्रवाट अैवधानिक रुपमा ढुंगा उत्खनन र चोरी भएको बताए।
‘‘खोलावाट अवैधानिक रुपमा ढुंगा उत्खनन र चोरी भएको अनुगमनमाफेला परेको छ’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘ आवश्यक कानूनी कारवाही हुन्छ।’
अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख नेपाली, प्रमुखजिल्लाअधिकारी श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, जिल्ला समन्वय समिति कानिमित्त समन्वय अधिकारी सहदेबहादुर भण्डारी र जिल्ला प्रहरी प्रमुखदुर्गा सिह र अन्य शुरक्षा निकायका प्रतिनिधिको पनि सहभागिता थियो।