नेपाली बालकलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गर्ने एक क्यानेडियन नागरिक पक्राउ परेका छन्।
प्रहरीले विषेश सूचनाको आधारमा शनिबार बिहान साढे ६ बजे काभ्रेपलान्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट ६० वर्षिय क्यानेडियन नागरिक पेटेर जोन डाल्गिसलाई पक्राउ गरेको हो।
उनले बन्धक बनाइ राखेका १२ र १४ वर्षका २ नेपाली पीडित बालकलाई उद्दार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका पेटेलाई बाल यौन दुराचार अपराध मुद्दा अन्तर्गत अनुसन्धान थालेको छ।
पेटरले नेपालमा बिगत २ बर्षदेखि हिमालय कम्युनिटी पाउन्डेशन नामक संस्था सञ्चालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको र ती समुदायका बालकलाई पढाईदिने, बिदेश घुमाईदिने, ठूलो भएपछि जागिर लगाईदिने भन्दै समाजसेवीको आवरणमा स-साना वालकहरूलाई यौन शोषण गर्ने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ।
धेरै बालबालिका पीडित भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
अभियुक्त युद्भ पीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको, ३ वटा मानार्थ बिध्यावारिधि प्राप्त गरेको, सडक बालक अन्तर्राष्ट्रियको संस्थापक रहेको, युएन ह्याबिटेट अफगानिस्तान मा कन्ट्री रेप्रिजेन्टिभको रूपमा समेत काम गरेका थिए।
उनलाई मुलुकी ऐनको महल १४ जबर्जस्ती करणीको ९ (क) मा बाल यौन दुराचार अपराधमा अधिकतम १५ बर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति हुनसक्ने कानुनी व्यवस्था छ।