काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा अगाडिको पांग्रा ‘लक’ भएपछि पोखरा विमानस्थल बन्द गरिएको छ।
विमानस्थल कार्यालय पोखराका अनुसार अवतरण भएर पार्किङ वेतिर जाने क्रमममा पांग्रा नचलेपछि जहाज अगाडि बढ्न सकेन।
दिउसो सवा १ बजेतिर जहाज रोकिएपछि विमानस्थल पूर्ण रूपमा बन्द भएको कार्यालयलेले जानकारी दिएको छ।
२८ जना यात्रु लिएर पोखरा उडेको यतिको ‘९–एनएएचयू’ दर्ता नम्बर भएको विमानको प्राविधिक जाँच भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
काठमाडौंका गएको प्राविधिक टोलीले मर्मतको प्रयास गरिरहेको भए पनि सफल भएको छैन। विमानमा सवार सबै सुरक्षित छन्।