नेपालमा चोरी भएका भारतमा, भारतमा चोरी भएका मोवाईल नेपालमानेपाल र भारतका मोबाईल चोरबीच सहकार्य हुने गरेको रहस्य खुलेको छ। नेपालमा चोरी भएका मोवाईल भारत पुग्ने र भारतबाट चोरी गरि ल्याएका मोवाईल नेपाल ल्याएर सस्तोमा बिक्रि वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
मंगलबार दिल्लीबाट काठमाडौं आउदै गरेको बा ५ ख १२३५ नम्बरको पर्यटक बसबाट भारतमा चोरी भएका ११२ थान मोवाईल बरामद भएपछि यस्तो रहस्य खुलेको हो।
भारतमा चोरी भएका मोवाईल नेपाल ल्याउने बस चालक रामेछाप दोरम्बाका ४४ वर्षीय कृष्ण थापा मगर, मोवाईल रिसिभ गर्ने संखुवासभा धर्मदेवीका तिलक श्रेष्ठ र उनकी श्रीमती सुमित्रा श्रेष्ठको बयानका आधारमा यस्तो रहस्य खुलेको हो।
पक्राउ परेका श्रेष्ठ दम्पतीले भारतबाट आएका विभिन्न ब्राण्डका चोरीका मोवाईल राधजानीका विभिन्न पसलमा वितरण गर्ने गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
उनका अनुसार श्रेष्ठ दम्पतीले करिब १ वर्ष यता भारतमा चोरी भएका मोवाईल नेपालमा बिक्रि गर्ने गरेको खुलेको छ।
श्रेष्ठ दम्पतीबाट ४० थान सामसुङ ब्राण्डका फोन, एमआई कम्पनीका ३८ थान, भिभो कम्पनीका १३ थान, ओप्पो कम्पनीका ११ थानसहित विभिन्न कम्पनीका ११२ थान मोबाईल बरामद गरिएको एसएसपी पोखरेलले बताए।
‘भारतमा चोरी भएका मोवाईल नेपाल भित्र्याउने तथा नेपालमा चोरी भएका मोवाईल भारत पठाउने गिरोह नै सक्रिय रहेको भेटियो,’ एसएसपी पोखरेलले भने, ‘हामी त्यसका बारेमा अनुसन्धान गर्छौ।’
महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्याङ्क अनुसार गएको साउन यता ११ हजार ७ सय २७ थान मोवाईल हराएको प्रहरीमा उजुरी परेको छ।
हराएको मध्ये ९ सय ४१ वटा फेला परेका छन्, भने १० हजार ७ सय ८६ थान अझै फेला परेका छैनन्।
प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा बढी मोवाईल हराएको उजुरी गएको कात्तिक महिनामा परेका छन्।
गएको कात्तिकमा मात्र २३७७ थान मोवाईल हराएका छन्। त्यसैगरी पुसमा १५४३ थान मोवाईल हराएका छन्। त्यस्तै फागुनमा १४२०, माघमा १३४० मोवाईल हराएको भन्दै खोजीका लागि प्रहरीमा उजुरी परेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।
त्यसैगरी गएको वर्ष ७,३४७ मा पनि १२ हजार ४३० मोवाई चोरी भएका थिए। त्यसमा एक हजार ६ सय ८१ मोवाईल फेला परेका थिए, भने १० हजार ७४९ मोवाईल अझै भेटिएका छैनन्।
‘पहिला पहिला हराएका मोवाईल फेला पर्थे, जब ब्यक्तिको कल डिटेल अदालतको आदेशबाहेक हेर्न नमिल्ने भयो अनि हराएका मोवाइल पाउन मुस्कील हुन थाल्यो,’ काठमाडौं प्रहरी प्रमुख पोखरेलले भने।
त्यसैगरी नेपालमा हराएका मोवाईको आईएमीआई नम्बर मार्फत पत्ता लगाउन थालेपछि चोरहरूले चोरीका मोवाईल भारत पठाउने र उताका मोवाईल यता ल्याउने गरेको अनुसन्धानबाट देखिएको एसएसपी पोखरेलले बताए।