धादिङको मलेखु नजिकै त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको ज्यान गएको छ।
काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पल्टिँदा भारत घर भएका ३६ वर्षीय चालक सुरेन्द्र सिंहको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो।