पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले शुक्रबार बिहान डा. देवकोटालाई टेलिफोन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
ज्ञानेन्द्रले डा. देवकोटालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
यसैबीच पूर्वराजा ज्ञानेन्द्रका सहयोगीले डा. देवकोटाको स्वास्थ्य लाभको कामनासहितको पत्र लिएर न्यूरो अस्पताल गएका छन्।