काठमाडौंको बसुन्धरामा दुर्घटनामा परेको जीप चेक गर्दा पेस्तोल भेटिएको छ।
बा ३ च १६९४ नम्बरको जीप चेक गर्ने क्रममा गाडीको अगाडिको सिट मुनी मेड इन अमेरिकन अटो पेस्तोल, म्यागजिन र ३ राउण्ड बरामद भएको हो।
राती सवा ११ बजे सो कारले बा ४० प ५६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक स्याङजा पुतलिबजार ३ घर भइ काठमाडौं २६ बस्ने सन्तोष नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएपछि प्रहरीले जीप चालक सुमन थापालाई नियन्त्रणमा लिएको थियो।
गाडी पनि नियन्त्रणमा लिने क्रममा चेक गर्दा पेस्तोल भेटिएको डिएसपी मोहन थापाले जानकारी दिए। जीपको ठक्करबाट मोटरसाइकलमा रहेका अर्जुन बोहरा घाइते भएका छन् ।