परपुरूषसँग लागेको भन्दै श्रीमतीको हत्या गर्ने बर्दिया गोलाका दर्नबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
परपुरूषसँग लागेको आसंकामा २७ वर्षिया श्रीमती रेशमकला रोकायाको हत्या गरी फरार क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
क्षेत्रीले श्रीमती रोकायालाई मंगलबार बिहानै काठमाडौं तास्मीपाखास्थित डेरामा सुतिरहेका बेला टाउकोमा रड प्रहार गरी हत्या गरेका थिए।
हत्यापछि फरार क्षेत्रीलाई महाशाखाको टोलीले मंगलबार दिउँसो ४ बजे काठमाडौंको कपनबाट पक्राउ गरेको हो।
करिब ११ वर्षअघि प्रेम विवाह गरेका उनीहरूबीच केही समयअघि अन्य पुरूषसँग लागेको आसंकामा श्रीमान श्रीमतीबीच विवाद हुने गरेको थियो। सोही विवादमा क्षेत्रीले बिहानै सुतेकै बेला रडले ठाउकोमा हानी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।
श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका क्षेत्रीलाई थुनामा राखि आवश्यक अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ।
प्रहरीले हत्यामा प्रयोग भएको फलामको रड समेत बरामद गरेको प्रहरीले जनाएको छ।