एसियालीस्तरको हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया-६ को उपाधि बंगलादेशको नोट्रे ड्याम कलेजले जितेको छ।
आइतबार राति ९ बजे कान्तिपुर टेलिभिजनमार्फत प्रशारित कार्यक्रमको फाइनलमा भारत र नेपालका प्रतिश्पर्धिलाई हराउँदै बंगालादेशको नोट्रे ड्याम कलेजले ५ लाख नगद पुरस्कारसहित उपाधि जितेको हो।
विभिन्न चरणहरु पार गर्दै भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बंगलादेशबाट नोट्रे ड्याम कलेज उपाधिका लागि फाइनल प्रवेश गरेका थिए ।
यस्तै भारतको बिरला विद्या निकेतनले दोस्रो हुँदै नगद तीन लाख रूपैंया र तेस्रो भएको नेपालको सीसीआरसी कलेजले एक लाख पचास हजार रूपैंया पुरस्कार पाए। प्रतियोगितामा नेपालबाट २४ टिम सहभागीता थियो।
गुणस्तरीय शिक्षालाई प्रवर्धन गर्ने कार्यमा क्रियाशिल एक्रेटिभ मिडिया प्रा.लिले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको नोबेल क्विज मेनिया सिजन ६ पछि अब सातौ सिजनको तयारीमा लागेको जानकारी दिउको छ।