त्रिभुवन विमानस्थलबाट प्रहरीले शुक्रबार एक किलो ३ सय ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। दुबईबाट नेपाल एयरलाईन्सको विमान चढेर काठमाडौं आएका भारत केरालाका शम्सिद पलाक्कम कुझिइललाई उक्त परिणामको तरल सुनसहित पक्राउ गरेको हो।
कम्मर पेटीमा प्लाष्टिकको कभर राखेर काठमाडौं भित्र्याएको सुन प्रहरीले बरामद गरेको हो। उक्त सुनसहित अभियुक्तलाई भन्सार पठाईएको विमानस्थल प्रहरीले सेतोपाटीलाई जानकारी दिएको छ।