भारतबाट उपचार गरी शनिबार मात्र स्वदेश फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।
राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको हाइकेयर युनिटमा उपचार भइरहेको छ।
घिमिरेलाई ग्रान्डी अस्पतालका प्रमुख डा. चक्रराज पाण्डे, विवेक शर्मा, ओममूर्ती अनिललगायतको टिमले उच्च प्राथमिकताका साथ हेरिरहेको अस्पतालले जनाएको छ।
बाइल्याट्रल निमोनिया देखिएपछि उनलाई आइतबार बिहान ७ बजे अस्पताल भर्ना गरिएको हो।
यसअघि स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए। मुटु, मिर्गौला र फोक्सोमा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए।
त्यहाँको मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए।