सुर्खेतको चौकुने गाउँपालिकामा दाजुको कुटाईबाट भाइको मृत्यु भएको छ। यही जेठ १९ गते चौकुने गाउँपालिका–१० घाटगाउँमा दाजु चक्रबहादुर राजीको कुटाईबाट घाईते भएका भाई खगेन्द्र राजीको मृत्यु भएको हो।
त्यस दिन चक्रबहादुरले मदिरा सेवन गरेर घर आएका थिए । मदिरा सेवन गरेका उनले घरायसी विवादका कारण भाइलाई कुटपीट गरेको थिए।
कुटपिटबाट घाइते भएका खगेन्द्रलाई उपचारका लागि कैलाली लिने क्रममा सोमबार बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । मृतकको पोष्टमार्टमका लागि टिकापुर अस्पतालमा लगिएको छ ।
प्रहरीले मृतकका दाजु चक्रबहादुरलाई सोमबार नै नियन्त्रणमा लिएको छ ।