बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप असहज भएपछि सघन उपचार कक्ष, आइसियुमा राखेर उपचार भइरहेको छ।
पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका देवकोटालाई गएराति स्वास्थ्य केही सुधार देखिएपछि भेन्टिलेटरबाट निकालिएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा ६ महिनासम्म बेलायतमै उपचार गराए। तर त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि देपकोटा वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए।
त्यस यता उनले आफ्नै अस्पताल बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्।
पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) भएको छ। यसको उपचारका लागि उनले बेलायतमा किमोसमेत लिएका थिए।
यसैबीच डा. देवकोटाको स्वास्थ्य स्थितिबारे बाहिर आएका हल्लामा कुनै सत्यता नभएको अस्पतालले स्पष्ट पारेको छ।
उहाँको स्वास्थ्य स्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालमा सम्प्रेशित खबरहरू सत्य नरहेको व्यवहोरा अनुरोध गर्दछु,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
न्यूरो अस्पताल र देवकोटाको परिवारले शनिबार बिहान प्रेस नोट जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेका छन्। ‘यस अस्पतालबाट जारी गरिने आधिकारिक जानकारी बाहेक अन्य सूचनालाई विश्वास नगर्न सविनय अनुरोध गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् विज्ञप्ति