सुन तस्करीको प्रकरणमा मुख्य अभियुक्त मानिएका राजेन्द्र कुमार शाक्यको सुन पसल ‘आर.के. ज्वेलर्स’ मा प्रहरीले छापा मारेको छ। सरकारले गठन गरेको छानबिन समितिले सोमबार दिउँसो छापा मारेको हो।
सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले न्युरोडका दुई र दरबारमार्गको एउटा पसलमा छापा हानेर त्यहाँ रहेको सुन, चाँदी, हीरालगायत सबै सामान जफत गरेको छ।
छापा हान्ने टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि सहभागी थिए।
ज्वेलर्सका सञ्चालक शाक्य यसअघि नै पक्राउ परेर पूर्पक्षका लागि मोरङ कारागारमा छन्।
समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो।
यो पनि हेर्नुहोस्