प्रहरीले झापाको शिवसताक्षीमा जुवाको खालबाट १ लाख ९ हजार ९ सय ९० रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ।
आइतबार साँझ नगरको ११ नम्बर वडास्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ।
सादा पोसाकमा खटिएको प्रहरीको टोलीले शिवसताक्षी ८ का सुमन गुप्ता, कनकाई नगरपालिका ६ का कुलवहादुर दर्नाल र अर्जुनधारा नगरपालिका ६ का शन्तोष विकलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
प्रहरीले उनीहरुूलाई जुवाको खालवाट रंगेहात पक्राउ गरेको हो। जुवा खेलिरहेको सूचना प्रहरीलाई आएलगत्तै प्रहरीले छापा मारेको थियो। जुवाको खालमा प्रहरी पुग्ने वित्तिकै दर्जनौ भाग्न सफल भए। फरार मध्ये केहीको नाम प्रहरीसँग भए पनि संचारकर्मीलाई दिएको छैन।
प्रहरीले फरारको नाम गोप्य राख्नुले जिल्लामा नाम कहलिएका ठूला व्यापारी र राजनीतिक व्यत्तित्वसमेत रहेको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीका अनुसार सताक्षीधामको पिकनिक स्पोर्ट पूर्वको सामुदायीक वनमा जुवा खेलिरहेका भन्ने सूचना यस अघि पनि प्रहरीलाई आएको थियो। तर, पटक पटकको प्रयासमा प्रहरीले आईतबार जुवाडे पक्राउ गर्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जुवाको खालवाट ४ हजार २ सय ६० भारतीय रूपैयाँ र ५ अमेरिकन डलर समेत बरामद भएको छ।
जुवाको खाल नजिकै जुवाडेले पार्कीङ्ग गरे्का ३ थान कार र ५ थान मोटर साइृकल पनि प्रहरीले वरामद गरेको छ।
जिल्ला प्रहरी कार्यलय झापाका अनुसार वा १५ च १९६७, वा १३ च १४७५ र मे १ च ४३८९ नम्बरका कार बरामद गरेको हो।
यस्तै मे ८ प १९१२, मे १० प ३६, मे ५ प ६५६३, मे ३ प ५७६९ र मे ९ प २९७२ नम्बरका मोटरसाईकल पनि वरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेकालाई जुवा ऐन अनुसार कारबाहीको तयारी गरिएको छ। उनीहरु सवैलाई ईलाका प्रहरी कार्यलय झिलझिलेमा अनुसन्धानका लागि राखिएको छ।