सुन्तलीले आफ्नो जन्मदिन रौतहटको सन्तपुर एकीकृत नमूना बस्तीमा मनाएकी छिन्। धुर्मुस,सुन्तली फाउण्डेशनद्वारा निर्मित रौतहटका चन्द्रपुर नगरपालिका,सन्तपुरमा रहेको नमूना बस्तीमा सुन्तलीले माझी समुदायका बालबालिकासँग खुसी साटेर आफ्नो जन्मदिन मनाएकी हुन्।
नमूना बस्तीमा बसोबास गर्ने करिब एक सय जना बालबालिकासँग खुसी साटासाट गरेर उनले जन्मदिन मनाइन्। मुसहर समुदायका बालबालिकाहरूले सम्मान गरी उनको जन्मदिनलाई विशेष बनाए । उनीहरूले गरेको सम्मानले उनीलाई भावुक बनिन्। नमूना बस्तीका बालबालिकामा आएको परिवर्तन देखेर आफू भावुक बनेको उनको भनाइ छ । जुन परिवर्तनको अपेक्षा गरेका थियौं, त्यो देख्न पाउँदाको आफू खुसी भएको उनले बताइन्।
बस्तीका बालबालिकाहरूसँग रमाइरहेकी सुन्तलीले आफ्नो जन्मदिनको अवसरमा आफ्नो छोरीलाई सम्झेर भावुक बनिन्। घरमा छोरीसँगै बसेर केक काट्ने छोरीको रहर यसपालि यहीका बालबालिकासँग बसेर मनाएको सुन्तलीले बताइन्। उनले आफ्नो बुबा आमालाई नै जन्मदिनको अवसरमा खुबै सम्झेको बताइन् ।
सुन्तलीले भनिन् ‘यी बालबालिकाहरू पनि मेरा नै छोराछोरी सरह भएको हुँदा यसमा नै खुसी भएको छु।’
सुन्तलीले सो नमूना बस्तीमा बसोबास गर्ने मुसहर समुदायका बालबालिकालाई कापीकलम तथा स्टेसनरीका सामान वितरण गरेकी थिइन्। विपन्नता, बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्याबाट पिल्सिएको मुसहर समुदायमा धुर्मुस सुन्तलीले उक्त नमूनाबस्ती बनाइदिएपछि उनीहरूमा परिवर्तन आएको छ।